कपालभाती के हो? दैनिक रुपमा कपालभाती गरे के हुन्छ ?

कपालभाती संस्कृत सब्द हो कपालको अर्थ टाउको हुन्छ भने भातिले टल्कनु अर्थ दिन्छ। मतलब कपाल्भातिले हाम्रो टाउकोमा भएको मानसिक तथा सारीरिक फोहोर हटाइ हाम्रो टाउको या शिरलाई सकारात्मक उर्जाले भरिदिन्छ , टल्काइदिन्छ।

यो गर्ने क्रममा हाम्रो नाक र फोक्सोमा जतिपनि फोहोर छ त्यसलाई बाहिर निकाल्ने काम गर्छ। यो एउटा यस्तो स्वासको बिधि हो जुनले हाम्रो शरीरलाई उर्जावान बनाइ स्वस्थ राख्दछ भने अनुहारमा चमक ल्याई मनलाई शान्त र प्रसन्न बनाउछ।

कसरि गर्ने ?
यो गर्ने क्रममा शुख्खा आसनमा बस्छौ। दुवै हात गुडा माथि गोप्टो बनाएर राख्छौ। सरिरलाइ विश्राम र आनन्दमा राख्छौ, मेरुदण्ड तथा गर्धन सिधा हुन्छ भने छाती खुला हुन्छ। एउटा लामो गहिरो स्वास लिउ र जोडले एकै पटक नाकबाट स्वास बाहिर निकाल्छौ र मल्लद्वार र मुत्रद्वार, नाभी, पेट भित्र जान्छ या खुम्चिन्छ। निकालेपछि २/३ सेकेन्ड मलद्वार, मुत्रद्वर र नावी एकैपटक खुम्चाएर राख्छौ। रोक्न छाड्न बितिकै स्वास आफै भित्र आउछ।
यस्तो अबस्ता मा १५/ २० स्वास भित्र बाहिर गर्छौ। यो गरिसके पछि १ मिनेट आखा बन्द गरेर बस्छौ सरिर र मनमा यसको प्रवाह तथा समबेदना लाइ महसुस गर्छौ। फेरी यहि क्रमलाई हामि २ पटक सम्म गर्न सक्छौ।
यो गर्दा पुरा सजकता स्वासमा हुनुपर्छ। यो अभ्यास बिहान खलिपेट मा गर्नु उत्तम हो भने दिउसो तथा बेलुका गर्नुपरेमा खाएको २ घण्टा पछि गर्नु राम्रो मानिन्छ।


फाइदाहरु :

  • रोगप्रतिरोधात्मक क्षमता र मेटाबोलिस्म बढाउछ।
  • फोक्सोलाई सफा गर्छ र यसको क्षमता बढाउछ।
  • शरीरमा चिसो तातोको सन्तुलन बनाउछ।
  • नाड़ीहरुलाई शुद्धिकरण गर्छ र सरिरलाई तुरुन्त उर्जबान बनाउछ।
  • अल्छी र आलस्य तुरुन्त भगाउछ।
  • एकाग्र बढाउछ।
  • पेटको बोशो तथा वजन घटाउछ र सरिरमा भएको चिनीलाई सन्तुलन गर्न मदत गर्छ।
  • रक्तनली हरुलाई सुचारु राखी रक्तप्रबाह बढाउछ।
  • पाचन कार्य, शोषण, र पौष्टिक तत्वहरूलाई सुधार गर्दछ।
  • स्नायु प्रणाली लाइ उर्जावान राख्छ, मस्तिकलाइ पुनर्जागरण गराउछ।
  • मनलाई शान्ति बनाउछ।

कसले गर्न हुदैन कपालभाती ?
यदि तपाईंसँग कृत्रिम पेसमेकर वा स्टन्ट, छारे रोग, हर्निया, स्लिप डिस्कको कारण ब्याकचेस, वा हालसालै पेटको शल्यक्रिया भएको छ भने कपालभाती अभ्यासको नगर्नुहोस्।

महिलाहरूले गर्भावस्थाको पछि र चाँडै मासिकधाराको समयमा कपालभाती श्वास विधि अभ्यास गर्नुहुँदैन किनभने यसले जोडदार पेटको कम्पन गराउछ र पेटमा गर्मि (अग्नि ) र प्रेसर बढाउछ।।उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूले एक योग विशेषज्ञको निर्देशनमा यो श्वास विधि अभ्यास गर्न सक्छन्।

यदि तपाइलाइ कुनै पनि रोग छ भने कृपया गर्नुपुर्ब योग प्रशिक्षकसंग परामर्स लिनुहोला।

भिडियोबाट हेर्नाकालागी यो लिङ्कमा किल्क गर्नुहोस:

(

1 thought on “कपालभाती के हो? दैनिक रुपमा कपालभाती गरे के हुन्छ ?”

Leave a Comment

Your email address will not be published. Required fields are marked *